BS6 मापदण्ड अनुरुप २०२० संस्करण फोर्ड एन्डेभर नेपाली बजारमा

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ।

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ नेपालमा यसको मूल्य रु १.४९ करोड रहेको छ ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ ।  विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशन युक्त यो कार सेलेक्ट सिफ्ट® टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ ।
पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ ।

यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

डिजेल गेम चेंन्जर – अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन
२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिन का कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।

एन्डेभर को यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४*४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ ।
उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कारसहितका विशेषताहरू छन् । ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ।

कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य रू.१ करोड ४९ लाख राखिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस