अमेरिकामा एकै दिन थपिए ५१ हजार ९७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३०  हजार ७  सय ८९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २७ लाख  ७९  हजार ९ सय ५३  जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ६ सय ७६  जनाको मृत्यु भएको छ भने ५१ हजार ९७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री