मुक्तिनाथविकास बैकंद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंकलेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघ सस्थाहरुलाई सहयोग गरेको छ ।

बैंकको शाखाकार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्रीखरिद गर्नका लागि रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहंदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्नउक्त रकम हस्तान्तरण गरिएको हो ।

यसका साथै, शाखाकार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको  दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई रु ५० हजार  बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

त्यसैगरी, शाखाकार्यालय रामापुर कोलोनीले,मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ ।
साथै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि रु २५ हजार  बराबरको आर्थिक सहयोग गरेको छ ।

बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवननिर्माणगर्नकालागि सहयोग गरेको हो ।
मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री