भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३८४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १५ हजार ६८५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ५५२ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन सक्रमित भएको सबै भन्दा ठुलो संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५ लाख ८ हजार ९५३ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म २ लाख ९५ हजार ८८१ जना ठिक भएका छन् भने एक लाख ९७ हजार ३८७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ९९ लाख ९ हजार ९६५ पुगेको छ भने मृतकको संख्या ४ लाख ९६ हजार ९९१ पुगेको छ । त्यस्तै विश्वभर ५३ लाख ६० हजार ७६६ जना कोरोना संक्रमित ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने …

प्रतिकृया दिनुहॊस