खोलाले बगाएर महिलाको मृत्यु

मोरङ । खोलाले बगाएर महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर बिहिवार   मृत्यु भएको छ ।

बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा उनको मृत्यु    भएको  हो ।

उनको शब  बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा फेला पारेको  प्रहरीले बताएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री