काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ४ लाख ८४ हजार ९ सय ५६ बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५१ लाख ७५ हजार २ सय ४० जना कोरोना निको भएर घर फर्केका छन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २७ हजार ९९ पुगेको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २४ लाख ६३ हजार २३२ संक्रमित पुगेका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लखा २४ हजार २८१ पुगेको छ ।
यता अमेरिकी राष्ट्र ब्राजिलमा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ । ब्राजिलमा अहिलेसम्म ५३ हजार ८ सय ७४ ले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा संक्रमितको संख्या ११ लाख ९२ हजार ४ ७४ पुगेको छ । बेलायतमा पनि मृत्यु हुनेको संख्या ठूलो छ । बेलायतमा अहिलेसम्म ४३ हजार ८१ जनाले ज्यान गुमाउँदा स्पेनमा २८ हजार ३२७ छ ।
यता एशियाली मुलुकहरुमा भारतमा पछिल्लो समय कोरोनाको संक्रमण उच्च देखिएको छ । भारतमा अहिलेसम्म १४ हजार ९०७ ले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ । जसमा १६ हजार ८७० नयाँ केसहरु रहेका छन् । पछिल्लो समय भारतमा ४२४ जनाले ज्यान गुमाएका छन् ।
पाकिस्तानमा पछिल्लो तथ्यांक अनुसार ६० नयाँ केस देखा परेका छन् । जहाँ अहिलेसम्म ३ हजार ७५५ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ९२६ पुगेको छ ।
बंगलादेशमा १ लाख २२ हजार ६६० संक्रमित पुग्दा १ हजार ५८२ को ज्यान गएको छ । पछिल्लो तथांक अनुसार बंगलादेशमा ३७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा अहिलेसम्म संक्रमितको संख्या २ हजार १ पुगेको छ । त्यहाँ ११ जनाले ज्यान गुमाएका छन् । भुटानमा अहिलेसम्म कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन । भुटानमा ७० वटा संक्रमित केस रहेका छन् ।
माल्दिभ्समा ८ जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या २ हजार २६१ पुगेको छ । नेपालमा अहिलेसम्म १० हजार ७२८ संक्रमित पुगेका छन् । २४ जनाको ज्यान गएको छ ।



