आज लागेको सूर्यग्रहण सकियो

काठमाडौं । आज  लागेको सूर्यग्रहण सकिएको छ ।विहान १०ः५० बजेदेखि दिउसो १४ः२३ बजेसम्म लागेको यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको थियो ।

नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, कंगो, इथिओपिया, युरोप, हिन्दमहासागर, प्रशान्तमहासागर, अफ्रिका लगायतका विश्वका धेरै मुलुकबाट देखिएको थियो ।

धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने मान्यता छ ।

तर खगोलविद्हरु भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको  थियो ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री