कोरोना अपडेट : विश्वभर ४ लाख ३८ हजारको मृत्यु, ८१ लाखभन्दा बढी संक्रमित

काठमाडौं । साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ । संक्रमित ३४ लाख ८१ हजार ७५३ जनाको उपचार भइरहेको छ भने ४१ लाख ८८ हजार २१६ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ । २२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार ११९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १९९ जना संक्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप