मोटरसाइकलमा पनि जोर-विजोर प्रणाली, आज कसले चल्न पाउँछन् ?

काठमाडौं । सरकारले मोटरसाइकल र स्कुटरमा सञ्चालमा पनि जोर–विजोर प्रणाली लागू गर्ने भएको छ । यो नियम आज (सोमबार) बाटै लागू भएको प्रहरीले बताएको छ ।

सरकारले साइकल –मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोर–बिजोर प्रणाली मान्नु नपर्ने होला भन्ने बुझाइ रहेका बेला ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

आफूहरुलाई स्पष्ट निर्देशन आइसकेको छ र अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले बताए ।

दुई पांग्रे सवारीमा एक जना मात्रै हिंड्न मिल्ने नियम पनि यथावत रहेको उनले बताएका छन् । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलसहितका निजी सवारीसाधन चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ । नियम पालना नभए कारवाही हुने जनाइएको छ । यस आधारमा आज असार १ अर्थात् बिजोर गते, बिजोर नम्बरका मात्र निजी सवारीसाधन चलाउन पानइने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप