भ्रामक समाचारको पछि नलाग्न अरुण साहको आग्रह

रौतहट । नेपाल सरकारले घोषणा गरेको गाँउ गाँउमा सिंहदरबारको स्पष्ट निति अन्र्तगत दुर्गा भगवती गाँउपालिका संचालन भएको सो गाँउपालिकाका प्रमुख अरुण साहले सर्वसाधारण लाई आग्रह गरेका छन् ।दूर्गा भगवति गाँउपालिकाका सम्बन्धमा विभिन्न संचारमाध्यममा भ्रामक समाचार सम्प्रेशन भएको विषयमा गंभिर आपत्ति जनाउदै प्रमुख अरुण साहले कहिले काहि वास्तविक कुरा बुझेर पनि समाचार लेख्नु पत्रकारिताका धर्म भएको भन्दै कामको सहि मुल्यांकन गरिदिनु हुन सम्पूर्ण सन्चार जगतलाई आग्रह गरेका छन् ।

कर्मचारी समायोजन बारे देशै भरी समस्या रहेको भन्दै साहले पूर्वाग्रह तरिकाले लेखिएको समाचारले निरुतसाहित गर्ने भएको हुँदा स्र्वाथ छोडि सत्य तथ्य कुरा समाचार माध्यममा प्रकासित हुदा संचारमाध्यमको महत्व बढने बताएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण प्रक्रिया र मापदण्ड पुरा गरी मात्र सो गाउपालिकामा विकास निर्माण लगायत अन्य योजनाहरु संचालन भएको प्रमुख साहको दाबी रहेको छ ।

विभिन्न शिर्षकका कार्यक्रम संचालन गर्दा आवश्यक पर्ने पेश्की रकम निकासा गर्नु कानुनी व्यवस्था भएको हुदा नियमानुसार मात्र पेश्की रकम निकासा गरी फछौट गर्ने गरिएको सो गाउपालिकाका निमित प्रशासकिय अधिकृत प्रमोद ठाकुर बताउछन् ।

देश नया संरचनामा प्रवेश गरि सके पश्चात पूर्ण रुपमा व्यवस्थित बनाउन केहि समस्या र कठिनाई रहेको स्विकार्दे स–साना विवादित विषयहरु लाई विस्तारै समाधान गर्दे अगाडि बढनु आजको चुनौति रहेको गाउपालिका प्रमुख अरुण साहको भनाई रहेको छ ।

पहिले गाविस भवन रहेको स्थानबाट जनतालाई व्यवस्थित तरिकाले छिटो छरितो सेवा दिन कठिनाई रहेकोले कानुनी प्रक्रिया पुर्याई नया भवन भाडामा लिईएको दूर्गाभगवति गाउपालिकाका कार्यकारीको भनाई रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री