कुश्मामा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका-३ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७  पुगेको छ ।

शनिवार राति करिब साढे ८ बजे आएको पहिरोले दुई घर बताएको थियो भने ९ जना बेपत्ता भएका थिए । तीमध्ये तीनजनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो । मृतकहरु तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको मृत्यु भएको छ ।

यस्तै दीपा थापा , कमला विक र प्रमिसा विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ  भने  मृत्यु हुने १ जनाको  परिचय खुल्न बाँकी  छ ।

पहिरोमा बेपत्ता अन्य २  जनाको खोजीकार्य बिहानैदेखि जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री