रौतहट । रौतहट जिल्लामा रहेको १८ वटा स्थानिय तह हरु मध्ये ईशनाथ नगरपालिका वर्तमान अवस्थामा अरु स्थानिय तह भन्दा सहज र विवाद रहित वातावरणमा संचालन भई रहेको पाईएको छ ।
ईशनाथ नगरपालिका बाहेक रौतहट जिल्लामा रहेका अन्य स्थानिय तहमा कुनै न कुनै विवाद तथा प्राविधिक समस्याहरु देखा परेपनि ईशनाथ नगरपालिकामा आपसी तालमेलको वातावरण राम्रो रहेको हुँदा त्यहाबाट संचालन हुने सबै किसिमका सेवा सुविधाहरु चुस्त दुरुस्त तरीका बाट संचालन भई रहेको पाईएको छ ।
देशै भरी पहिलो चरणमा स्थानिय तहको निर्वाचन भएको अन्य जिल्लाहरुमा दोस्रो नगरपरिषदहरु हुने क्रम चलिरहेको बेला रौतहट जिल्लाको ३ वटा स्थानिय तहले हाल सम्म परिषद गर्न सकेको छैन भने ईशनाथ नगरपालिकाले रौतहट जिल्लाको दोस्रो परिषद समपन्न नगरपालिका भएको थियो ।

परिषद समपन्न नहुने स्थानिय तहहरु मा निर्वाचित जनप्रतिनिधिहरु बिच आपसी तालमेल राम्रो नरहेकोले समस्या भईरहेको देखिएको छ ।
ईशनाथ नगरपालिकामा एउटै दलको बहुमत नभए पनि सो नगरपालिकाका मेयर सन्तोष मेहताको सरल र समान व्यवहारले गर्दा अन्य दलका जनप्रतिनिधिहरुले पनि विकासका काममा हातेमालो गरेर अगाडि बढिरहेको हेर्न सकिन्छ ।
अन्य नगरपालिकाको तुल्नामा ईशनाथ नगरपालिका विवाद रहित हुनुमा सो नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीको भुमिका पनि उल्लेखनिय रहको छ ।
विभिन्न स्थानमा काम गर्दै रौतहट जिल्ला सम्म आएको जोशीको अनुभवका कारण पनि ईशनाथ नगरपालिका विवाद रहित बनेको छ ।
सो नगरपालिकालाई सुव्यवस्थित बनाउन जोशीको प्रयासमा दक्ष एवं कुशल कर्मचारी व्यवस्थापन लगायत गुणस्तरीय ढंगबाट योजना संचालन हुनु पनि प्रमुख कारण रहेको स्थानियको भनाई रहेको छ ।
यसरी रौतहटका पुरानो नगरपालिकाहरुको तुल्नामा ईशनाथ नगरपालिका नया नगरपालिका भए पनि व्यवस्थित तरिका बाट संचालन भएको हेर्दा अन्य नगरपालिकाका मेयरहरु बिच सो नगरपालिका चर्चाको विषय बनेको छ ।




