कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ४० हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको तेश्रो स्थानमा  परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार  २ सय ६१  जनाको मृत्यु भएको छ भने ३० हजार ४ सय ६५ जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ८ लाख ५ हजार ६ सय ४९  जना पुगेको छ भने ४१   हजार  ५९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या ३  लाख ९६ हजार ६ सय ९२ जना छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री