मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहककको ऋण मिनाहा गरेको छ ।  बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत आफ्नो बैंकमा नियमितरुपमा कारोवार गर्दै आएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकबम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू र सदस्यको परियोजनमा आगलागी भई क्षती भएको हुदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजकिरिया खर्च तथा आगलागी राहत वितरण गरेको  हो  ।

बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएका कान्छी मर्हजनको असमायिक निधन भएको हुँदा नीजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः १ लाख ८ हजार ७ सय १७ रुपैंया र १ लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमा गई प्रदान गरेको छ ।

त्यसैगरि, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यु भएको हुँदा काज क्रिया खर्च वापत ५ हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरेको  हो ।

बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदाँ निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप पाँच हजार रुपैयाँ रकम वितरण गरेको जानकारी पनि बैंकले दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री