जोर विजोर लागू: आज जोर नम्बर प्लेटका सवारी चलाउन पाइने

काठमाडौँ । निजी सवारीमा जोर विजोर प्रणाली लागू भएको छ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै आजबाट जोर विजोर प्रणालीमा निजी सवारी साधन चलाउने पाइने भएको हो ।

जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज जेठ ३० अर्थात जोर गते भएकाले जोर नम्बर प्लेट भएका सवारी चलाउन पाइने छ ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।अब ४

पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् भने २ पाङ्गे सवारी साधनमा चालक मात्र हुनु पर्नेछ । सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माधव नेपालको पार्टीमा म छैन : प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा …

प्रतिकृया दिनुहॊस