मौसम अनुसार कोरोनाको प्रकोप बदलिने प्रमाण भेटिएको छैन : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस मौसम अनुसार बदलिने अहिलेसम्म कुनै संकेत नपाइएको बताएको छ ।

डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले अहिलेसम्मको अवस्थामा मौसम परिवर्तन हुदा या तापमान बढ्दा कोरोनाको प्रभाव कम या बढी हुने कुनै प्रमाण नदेखिएको स्पष्ट गरेका छन् ।

उनले भने, ‘ अहिले हामीसँग मौसम परिवर्तन हुदा कोरोना भाइरस अझै खतरनाक हुने, तिब्रगतिमा फैलिने या रोकिने यस कुराको कुनै ठोस प्रमाण या डाटा छैन ।’

कोरोना महामारीको शुरुवातमा गर्मि मौसममा भाइरसको प्रकोप कम हुने हल्ला चलेको थियो । तर अहिलेसम्मको भाइरसको प्रकृति हेर्दा यसमा कुनै आधार वा सत्यता नदेखिएको डब्लुएचओले स्पष्ट गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after