काठमाडौं । नेपालमा आज थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप ३२३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ५८४ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



