धनाढ्य कलाकारको सूचीमा ५२ औं नम्बरमा अक्षय कुमार

एजेन्सी।  भारतमा सबैभन्दा बढी कमाई गर्ने अभिनेताको रुपमा चिनिने अक्षय कुमारले फोर्ब्सको विश्वका सय सबै भन्दा धेरै कमाउने कलाकारको सूचीमा पनि आफ्नो नाम लेखाएका छन् ।

फोर्ब्स २०२० को हाइएस्ट पेड सेलेबको लिस्टमा उनको नाम ५२औं स्थानमा छ ।

कमाईको मामलामा उनले विल स्मिथ, जेनिफर लोपेज र इन्टरनेशनल टप पप स्टार रिहानालाई समेत पछाडि छाडेका छन् । फोर्ब्स रिपोर्टका अनुसार, अक्षयले वर्षमा ४८.५ मिलियन डलर कमाई गर्ने गरेका छन् ।

यो सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो वर्ष पाँच सय ९० मिलियन डलर आम्दानी गरेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री