कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ८ सय १२ पुग्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ६६हजार ८ सय १२  जना पुगेको छ भने ६० लाख ३१ हजार २३  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि २६ लाख ५९ हजार २ सय ७० जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।

अमेरिकामा हालसम्म १ लाख ४ हजार ५ सय ४२ जनाको, बेलायतमा ३८ हजार  १ सय ६१ जनाको , इटालीमा ३३ हजार २ सय २९  जनाको र फ्रान्समा २८ हजार ७ सय १४ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख ७३ हजार ४ सय ९१  जना कोरोना सङ्क्रमित छन् भने४ हजार ९ सय ८०   जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छन् भने ६  जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस