काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । यस कार्यक्रम अन्तर्गत थप दुई लाख रोजगारी स्थापना गरिने लक्ष्य रहेको उनले बताए ।
यस कार्यक्रमका लागि सरकारले ११ अर्व ६० करोड विनियोजन गरेको उनले बताए । सीप विकास तथा प्रशिक्षण कार्यक्रमका लागि १ अर्व विनियोजन गरिएको बताए । यसबाट थप ५० हजार रोजगारी स्थापना गरिने उनले बताए ।
साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना उनले बताए । आगामी वर्ष ७५ हजार जनालाई सीपमूलक तालिम दिन ४ अर्व ३४ करोड बजेट छुट्ट्याइएको उनले बताए ।
हाल दिइँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने बताए । सामाजिक सुरक्षा भत्ता लागि ६७ अर्व ५० करोड विनियोजन गरिएको उनले बताए ।
तपाईंको प्रतिकृया



