क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

कञ्चनपुर । क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृत्यु भएको थियो । राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

कोरोना भए/नभएको यकिन गर्नका लागि मृतक रानाको स्वाबको नमूना लिइएको थियो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

उनका अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ । इसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस