नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौंबाट वीरगञ्ज फर्कदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस