काठमाडौं । कञ्चनपुर कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टिन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको हो ।
वडाध्यक्ष रातिको खाना खाएर नयाँ बनाइएको क्वारेन्टिन निरीक्षण गर्ने निस्किएका थिए।क्वारेन्टिनमा पुगेर मोबाइल चलाएर बसिरहेका बेला उनी एक्कसी ढलेका थिए।
क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको छ ।
तपाईंको प्रतिकृया




