काठमाडौँ । नेपालमा कोरोना संक्रमित मध्ये अहिलेसम्म ११२ जना डिस्चार्ज भएका छन् । आज २५ जना कोभिड-१९ जितेर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ११२ पुगेको हो ।
आज नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ ।
यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक-एक जना डिस्चार्ज भएका छन् । शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवावाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेको उनले बताए ।
तपाईंको प्रतिकृया



