काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ९३ हजार ३०० जनाको मृत्यु भएको छ ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ६ सय १७ जनाको मृत्यु भएको छ भने १९ हजार ६ सय ८ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
न्युवर्कमा हालसम्म ३ लाख ७१ हजार १ सय ९३ जना संक्रमित भएका छन् भने २९ हजार २ सय ३१ जनाको मृत्यु भएको छ।
त्यसैगरि न्युजर्सी राज्यमा १ लाख ५५ हजार ३ सय ८४ जना संक्रमित छन् भने ११ हजार १ सय ३९ जनाको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




