चितवन । चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि बनाइएको आइसियुमा ती बिरामीको मृत्यु भएको हो ।
बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रेफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
बिरामीमा निमोनियाको समस्या देखिएको थियो । मृत्यु भएका उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
तपाईंको प्रतिकृया




