काठमाण्डौ। आज( आइतबार) साझ बसेको मन्त्रीपरिषदको बैठकले जेठ ५ गतेसम्म रहेको लकडाउनको अवधिलाई जेठ २० गतेसम्म थप गर्ने गरि निर्णय गरेको छ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले थप १५ दिन लकडाउन लम्बाउन सिफारिस गरेबमोजिम नै मन्त्रीपरिषदको निर्णय भएको हो।
नेपालमा कोरोना भाईरसको संक्रमणवाट २ जना व्यक्तिको मृत्यु भएपश्चात सरकार अझ कडा रुपमा प्रस्तुत भएको हो। हालसम्म नेपालमा २९५ जनालाई कोरोना संक्रमण देखिसकेको छ।
तपाईंको प्रतिकृया




