काठमाण्डौ। नेपालमा थप ३ जनामा कोभिड-१९(कोरोना भाइरस)को संक्रमण पुष्टी भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।
नयाँ पुष्टी भएका संक्रमितहरु धनकुटा निवासी ३४ बर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
हालसम्म नेपालमा ३६ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भइसकेका छन् भने २ जनाको कोरोना भाइरसको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




