काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख १३ हजार बढीको मृत्यु भएको छ ।
पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १३ हजार १ सय ८० पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४७ लाख १९ हजार ४४ भन्दा धेरै छ भने संक्रमितमध्ये हालसम्म १८ लाख ११ हजार ५ सय निको भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ३९९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ५ हजार ६८४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ३८ हजार ८६१ जना उपचारपछि निको भएका छन् ।
बेलायतमा अहिलेसम्म २ लाख ४० हजार १६१ कुल संक्रमित भएका छन् भने ३४ हजार ४६६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २४ हजार ७६० कुल संक्रमित भएका छन् भने ३१ हजार ७६३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २२ हजार ८१० जना निको भएर फर्किएका छन् ।
फ्रान्समा एक लाख ७९ हजार ३६५ कुल संक्रमित भएका छन् भने २७ हजार ६२५ जनाको मृत्यु भएको छ । यसैबीच ६१ हजार ६६ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ७६ हजार ५०५ कुल संक्रमित भएका छन् भने २७ हजार ५६३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९२ हजार २५३ जना निको भएर फर्किएका छन् ।
ब्राजिलमा २ लाख ३३ हजार १४२ जना संक्रमित भएका छन् भने १५ हजार ६३३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ८९ हजार ६७२ जना ठिक भएका छन् । बेल्जियममा ५४ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ५ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ४६० जना निको भएर फर्किएका छन् ।
जर्मनीमा एक लाख ७६ हजार २४७ कुल संक्रमित भएका छन् भने ८ हजार २७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५२ हजार ६०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख १८ हजार ३९२ कुल संक्रमित भएका छन् भने ६ हजार ९३७ जनाको मृत्यु भएको छ । यसैबीच ९३ हजार १४७ जना निको भएर फर्किएका छन् ।
क्यानाडामा ७५ हजार ८६४ जना संक्रमित भएका छन् भने ५ हजार ५७९ जनाको मृत्यु भएको छ । त्यस्तै ३७ हजार ८१९ जना ठिक भएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ४३ हजार ८७० जना संक्रमित भएका छन् भने ५ हजार ६७० जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४५ हजार ३२ जना संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३० हजार ४५१ जना निको भएर फर्किएका छन् ।
चीनमा अहिलेसम्म ८२ हजार ९४१ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २१९ निको भएर फर्किएका छन् । टर्कीमा एक लाख ४८ हजार ६७ जना संक्रमित भएका छन् भने ४ हजार ९६ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख ८ हजार १३७ जना निको भएर फर्किएका छन् । स्विडेनमा २९ हजार ६७७ जना संक्रमित भएका छन् भने ३ हजार ६७४ जनाको मृत्यु भएको छ ।




