काठमाण्डौ। कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक निवासी २९ बर्षिय महिलाको मृत्यु भएको हो।
मृतक महिला बैशाख २३ गते त्रि.वि. शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते डेलिभरी भई वैशाख २५ गते अस्पतालबाट डिस्चार्ज भएकी थिईन।
उनी डिस्चार्ज पछि घर गएपश्चात निजलाई स्वास प्रस्वास सम्बन्धि समस्या र ज्वरो देखिएपछि उपचारको लागी स्थानिय अस्पतालमा उपचार गराई थप उपचारको लागी धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।

तपाईंको प्रतिकृया




