कोरोना : अमेरिकामा मृत्यु हुनेको सख्या ८५ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ८५  हजार १ सय ९७   जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७२  जनाको मृत्यु भएको छ भने  २१ हजार ७ सय १२ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या समेत १४ लाख ३०  हजार ३ सय ४८ पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म ३ लाख ५०  हजार  ८  सय  ४८  संक्रमित भएका छन् भने २७ हजार   २ सय ९० जनाको मृत्यु भएको छ।

त्यसैगरि न्युजर्सी राज्यमा १ लाख ४२ हजार ८ सय ६१ जना संक्रमित छन् भने ९ हजार ७ सय २७ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री