भारतमा कोरोना : ७८ हजार संक्रमित, २५ सयको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ३७ सय २२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७८ हजार ३ पुगेको छ । त्यस्तै २४ घण्टामा भारतमा १३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल २ हजार ५४९ पुगेको छ ।

भारतमा अहिलेसम्म २६ हजार २३५ जना ठिक भएका छन् ।त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २९ हजार २३५ पुगेको छ भने मृतकको संख्या २ लाख ९८ हजार १६५ पुगेको छ । त्यस्तै विश्वभर १६ लाख ५८ हजार ९९५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस