दुधकोशीमा माछा मार्न गएका युवक मृत भेटिए

सोलुखुम्बु । नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार माछा मार्न भन्दै दूधकोशी गएका राईलाई माप्यदूधकोशी–७ र थुलुङदूधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइपभित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

उनका अनुसार राईको शव बुधबार नै कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री