महालक्ष्मी विकास बैंकद्वारा ऋणीलाई ब्याजमा १०% छुट

काठमडौं । महालक्ष्मी विकास बैंकले हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखेर २०७६ चैत्र महिनामा भुक्तानी गर्नु पर्ने किस्ताहरु मध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १०% छुट प्रदान गरेको छ ।

कोरोनाभाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले जारी गरेको  निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरुमध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको ब्याज रकममा१ ०% छुट प्रदान गर्ने निर्णय बैंकले गरेको हो।

ग्राहकले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै जम्मा ब्याज रकमको १०% छुटबाट हुन आउने ब्याज रकम ग्राहककै खातामा जम्मा गरिसकेको बैंले जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after