नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

काठमाडौं ।  नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ पुष्टि भएका ५७   जनामा मध्ये कपिलवस्तु जिल्लाका ८ जना,  रुपन्देही जिल्लाका ९ जना , पर्सा  जिल्लाका ३९  जना र बारा जिल्लाका  १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री