काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं -३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । नेपालमा भेटिएका १सय२१ संक्रमित मध्ये ३१ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
तपाईंको प्रतिकृया



