कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ८० हजार ८ सय ७७ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ८० हजार ८ सय  ७७  जना पुगेको छ भने ४१ लाख २२ हजार ८  सय ८५   जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, १४ लाख ५१ हजार  ५ सय  ७१  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।

अमेरिकामा हालसम्म ८०  हजार ४०  जनाको, बेलायतमा ३१ हजार ५ सय ८७  जनाको , इटालीमा ३० हजार ३ सय ९५ जनाको र स्पेनमा  २६ हजार ६ सय २१  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ६२ हजार९ सय ३९  जना कोरोना सङ्क्रमित छन् भने २ हजार  १ सय ९   जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११०  पुगेको छ भने कोरोना संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस