लकडाउनलाई अवसरको रुपमा परिणत गर्दै सडक विभाग

काठमाडौं । कोरोना भाइरसको कारण देश नै लकडाउनमा रहेको छ । मानिसहरूलाई यसले प्रत्यक्ष असर पारिरहेको बेलामा सडक विभागले भने यसलाई अवसरको रूपमा लिएको छ।

अवसर यो अर्थमा कि लकडाउनमा सवारी चाप ज्यादै न्यून रहेको र यसको व्यवस्थापन सजिलै  गर्न सकिने ध्ययका साथमा सडक  विभाग यतिबेला राजधानीको अत्यान्तै व्यस्त रहने स्थान: पुतलीसडकमा भने ढल हाल्ने र सडक मर्मतको कार्य भने तिब्रताका साथ सञ्चालन भईरहेको छ ।

अरू बेला ठूलो वर्षातमा पानीको निकास नभएको कारण सडकमा बग्ने पानीले  सवारी तथा पैदल यात्रीलाई निकै नै हैरानी पर्ने गरेक‍ो थियो ।

अहिले भइरहेको सडक निर्माणको कार्यलाई बैशाख २४ गते बसेको मन्त्रिपरिषद्को लकडाउन लम्बयाउने निर्णयले भने अझ सहज बनाइदिएको छ।

अहिले भइरहेको सडक निर्माणको कार्यले वर्षातक‍ो समयमा सो क्षेत्र  भई गुड्ने सवारी साधन तथा हिड्ने पैदलयात्रीलाई सहजता पुर्‍याउनेछ भनि अपेक्षा गर्न सकिन्छ ।

#Photo :Rashmi Mahat#

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री