पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

काठमाडौं । वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहतअन्तरराष्ट्रिय प्याटेन्ट आवेदन २०१९को नतिजा घोषणा गरेको छ ।

१ हजार ९ सय २७निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलरहरु मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।
१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तरराष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तरराष्ट्रिय प्याटेन्ट निवेदनदर्ता गराएबापतनिवेदकले विभिन्न देशहरुमाआफ्नो आविस्कारको सुरक्षाप्राप्तगर्न सक्छन् । सन् २००९को सूरुवातदेखि नै ओपा वैश्विक स्तरमा विभिन्न प्राविधिक क्षेत्रमाआफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ । यहि प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन ¥यांकिंगलाई पछिल्लो बर्षको १७औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको छ ।
सन् २०२०को मार्च महिना सम्ममाओपोले ४३००० वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने , १६००० ओटाका लागि  आधिकारिकता पनि प्राप्तगरिसकेको छ ।

समग्र निवेद नमध्य झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेका छन् । ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदनदर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् ।

त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विकरुपमा दर्ता गराइसकेको छ, जस मध्य २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ । कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गत पनि वैश्विक स्तरमा २ हजार ७ सय भन्दा बढी निवेदनदर्ता गराइसकेको छ ।

यीमध्य १ हजार १ सयका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री