नेपालका लागि बेलायती पूर्वराजदूत रिचार्ड मोरिस बेपत्ता

लण्डन । नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ ।

बुधबार बिहान करिब १०:३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ । प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए ।

रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँचेनन् आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख …

प्रतिकृया दिनुहॊस

This will auto close after