भोलीदेखि सरकारी कार्यालय सञ्चालनको तयारी, हाजिर हुन कर्मचारीलाई निर्देशन

काठमाडौं । सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलि (आइतबार)बाट पूर्ववत रुपमै सञ्चालन हुने भएका छन् ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंशिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस