दीर्घरोगीलाई घरघरमा औषधि निःशुल्क औषधि !

पोखरा । पोखरा महानगरपालिका-२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ ।

सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पुर्याइएको हो ।

वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल रु दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो ।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाले आगामी दिनमा पनि नियमित औषधि खानेमध्ये छुट बिरामीको तथ्याङ्क लिइ पुनः औषधि घरघरमा पुयाउने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस