काठमाडौं । नेपालमा बुधवार थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
अब नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
प्रतिकृया दिनुहॊस