नेपाल एसबीआई बैंकद्वारा केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ

काठमाडौं । नेपाल एसबी आई बैंकले केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार बैंकको तर्फबाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले उक्त रकम  बराबरको चेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरि यस भन्दा पहिले नेपाल एसबीआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगका लागि १ करोड सहयोग गरेको छ ।

यसका साथै बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ ।

साथै, बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस