अझै दुई साता मौसम नखुल्ने, आज पनि असिनासहित वर्षा

काठमाडौं । देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको छ । साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको हो । महाहाखाका अनुसार अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्नेछ ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री