नेपाललाई माया गर्ने अधिकारकर्मी मीनाक्षी

–माधव अधिकारी
स्वतन्त्र मानवअधिकारकर्मी
काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लघंनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी अग्रपंक्तिमा थिइन् ।उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोध मात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदांगो पारिन् ।

मीनाक्षी गांगुली

उनी हुन् ह्युमन राइट्स वाचकी दक्षिण एसिया क्षेत्रीय निर्देशक मीनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकट रुपमा बुझेकी अधिकारकर्मी हुन् । हाल विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ फैलिएको सन्दर्भमा नेपालमा आम नागरिकको मानव अधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छन् । नेपालप्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिविम्वित हुन्छ । उनले विगतमा नेपालस्थित भुटानी शरणार्थीको हकहितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।
अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले धार्मिक तथा जातीय विभेद र यौन हिंसाका विरुद्धमा सशक्त आवाज उठाउँदै आएकी छन् ।

भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको कमी, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा गम्भीर आवाज उठाएकी थिइन् । जम्मु, कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानवअधिकार उल्लघंनका घटनामा उनको स्वर सशक्त थियो । महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छन् ।

अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कुल अफ इकोनोमिक्सबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छन् । सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनुअघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् । ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एसिया संवाददाताको रुपमा कार्य गरेकी थिइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस