आजदेखि लकडाउन थप कडा, सवारी पास लिएकामाथि समेत क्रशचेक

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनलाई आजदेखि थप कडा पारिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा लकडाउन थप कडा पारिएको हो ।

यसअघि हिजो गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको थियो । सोहीअनुसार लकडाउन कडा बनाइएको छ । प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आजबाट थप कडाइ गरिएको हो । सवारी पास लिएरका सवारीलाई पनि उनीहरुको आवश्यकता हो होइन भनेर हेरेर मात्र चलाउन दिएको उनले बताए । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री