कोरोना भाइरस अपडेट :मृत्यु हुनेको संख्या २ लाख ७ हजार २ सय ६५ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ७ हजार २ सय ६५ जना पुगेको छ भने ३० लाख ७ हजार १ सय ९२ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ८ लाख ८३  हजार २ सय ९२ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।

अमेरिकामा हालसम्म  ५५ हजार ४ सय ४५ जनाको, इटालीमा २६ हजार ६ सय ४४ जनाको, स्पेनमा २३ हजार १ सय ९०  जनाको र फ्रान्समा २२ हजार ८ सय ५६   जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २७ हजार ९ सय ७७  जना कोरोना सङ्क्रमित छन् भने  ८ सय ८४ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५२  पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री