दाङको तुलसीपुरमा सेयर ब्रोकरको शाखा खुल्दै

काठमाडौं । सेयर ब्रोकर कम्पनी कालिका सेक्युरेटिजले निकट भविष्यमै दाङको तुलसीपुरमा  आफनो छिट्टै शाखा खोल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कालिकालाई शाखा खोल्नका लागि पूर्वाधार तयार गर्न भनेपछि उक्त कम्पनीले तुलसीपुरमा सेयर सचेतना कार्यक्रम सञ्चालनसमेत गरेको छ ।

‘हामी चाँडैनै तुलसीपुरमा शाखा खोल्दैछौं,’ कालिका सेक्युरेटिजका प्रमुख नरेन्द्र सिँजापतिले भने, ‘हामीले यहाँ पूर्वाधार पनि तयार गरिसकेका छौं र लगानीकर्ता सचेतना कार्यक्रम पनि सञ्चालन गरेका छौं ।  कालिकाले यसअघि नेपालगञ्जमा पनि शाखा सञ्चालनमा ल्याइसकेको छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री