अरुण फाइनान्सको नाम परिवर्तन,हाथवे फाइनान्सको नामबाट कारोबार सुरु

काठमाडौं । अरुण फाइनान्स लिमिटेडले आफ्नो नाम फेरिएको छ ।अरुण फाइनान्स लिमिटेडले आफ्नो नाम परिवर्तन गरी हाथवे फाइनान्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको ईजाजत पत्रप्राप्तराष्ट्रिय स्तरको फाईनान्स “अरुण फाइनान्स लिमिटेड”को मिति २०७४ साल पौष २७ गते बिहीवार बसेको २१औँ बार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय पारित गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको च.नं. ३२३५७ मितिः २०७४।११।३० को पत्र अनुसारको निर्णयबाट अरुण फाइनान्स लिमिटेडको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले तिर्ने व्यहोर्ने गरि साविक नाम परिवर्तन गरि हाथवे फाइनान्स कम्पनी लिमिटेड (Hathway Finance Company limited) कायम गरिएको बताइएको छ ।

कम्पनीको कारोबार चैत्र २ गते देखि सुरु हुँदैछ । हाथवे फाईनान्सको रुपमानाम परिवर्तन गर्ने स्वीकृति पाएसँगै पूँजि संरचनामा समेत परिवर्तन गर्नेे स्वीकृति पाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस